काठमाडौं । पूर्वाधार विकास कार्यालय गोरखामा कोटेशनमा विकास निर्माणको काम गर्दा ठेकेदारसँग अग्रिम घुस माग्ने गरिएको समाचार प्राप्त भएको छ ।
पूर्वाधार विकास कार्यालय गोेरखाका प्रमुखमा निमित्तलाई पठाएर मूख्यमन्त्रीसम्म कमिसन बाँडफाँड हुने गरेको छ । कोटेशनमा काम गर्दा अग्रिम २० देखि ३० प्रतिशत रकम माग्ने गरेको एक स्थानीयबासीले बताए ।
कोटेशनमा काम गर्दा गुणस्तरभन्दा पनि कमिसन नै हेरिएको छ, नाम नबताउने शर्तमा स्थानीयबासीले बताए । त्यसो त शहीद लखन थापा गाउँपालिकामा मात्रै कोटेशनबाट ६ वटा काम गरिएका छन् । यसरी विकास निर्माणमा समानुपातिक नभएर पक्षपातपूर्ण व्यवहार गरिएको छ ।
२०८१ सालको साउनदेखि २०८२ सालको असार मसान्तसम्म पूर्वाधार विकास कार्यालय गोरखामा ११ वटा योजनाहरु कोटेशनबाट गरिएको सूचना अधिकारी इन्जिनियर शर्मिला थापाले बताएकी छन् ।
थापाका अनुसार यसरी बिभिन्न स्थानमा काम कोटेसनबाट गरिएका योजनाहरुमा सिरानचोक गाउँपालिका–२ गोरखामा तार्केडाँडादेखि खमारी हुँदै माइपोतेसम्मको निर्माणका लागि मन्दिल बिल्डर्सलाई ९ लाख ७१ हजार पाँच सय ६४ रुपैयामा, शहीद लखन थापा गाउँपालिका–७ को लाखेडाँडा थानी मन्दिर लाहुरेटोल रोड अपग्रेडका लागि पुम्दीकोट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.लाई ९ लाख ४९ हजार सात सय ९८ रुपैयाँमा, सहीद लखन थापा गाउँपालिका–७ गोरखाको नामजुङ गाउँको बाटो गोरखाकै श्रीराम निर्माण सेवालाई ९ लाख ७४ हजार दुई सय ३१ रुपैयाँमा, शहीद लखन थापा गाउँपालिका–७ को बोर्लाङ गाउँ सडक निर्माणका लागि बोहोरा निर्माण सेवा एण्ड सप्लायर्सलाई ९ लाख ७५ हजार चौंतीस रुपैयाँमा दिइएको छ ।
त्यसैगरी, शहीद लखन गाउँपालिकाकै जुम्ली चौतारा भाउन्थोक तेस्रे देवाटार सडक निर्माणका लागि छेबेटार कन्स्ट्रक्सन प्रालिलाई ७ लाख ३८ हजार एक सय ३४ रुपैयामा, शहीद लखन गाउँपालिका –७ गोरखाको धवाडी देखि मकैपुर गुम्बासम्मको सडक निर्माणमा शोभा भगवती कन्स्ट्रक्सन एण्ड सप्लायर प्रा.लि.लाई नौ लाख ५२ हजार एक सय १३ रुपैयाँमा, शहीद लखन गाउँपालिका–३ गोरखाको नामजुङ ज्यापी डाँडा लामाछाप मनकामना सडक निर्माणका लागि मनास्लु इन्जिनिरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि. आरुघाटलाई सात लाख २२ हजार ६ सय २३ रुपैयाँमा कोटेशनमा काम दिइएको छ ।
यसैगरी गोरखा जिल्ला अदालतमा मर्मत सम्हार र निर्माणका लागि विश्व निर्माण सेवा एण्ड सप्लायर गोरखालाई चार लाख ५५ हजार एक सय ६८ रुपैयाँमा, जिल्ला प्रशासन कार्यालय गोरखामा मर्मत सम्हारका लागि बेच्टेल कन्स्ट्रक्सन गोरखालाई चार लाख ४५ हजार नौसय छ रुपैयाँमा, जिल्ला वन कार्यालय गोरखालाई मर्मत सम्हारका लागि शिव भगवती निर्माण सेवा गोरखालाई चार लाख २९ हजार पाँच सय ३९ रुपैयाँमा, पूर्वाधार विकास कार्यालय गोरखालाई मर्मत सम्हारका लागि यास एण्ड यास कन्स्ट्रक्सनलाई चार लाख ८९ हजार एक सय ३७ रुपैयामा बिनाप्रतिस्पर्धा कोटेशनमा काम दिइएको पूर्वाधार कार्यालय गोरखाका सूचना अधिकारी इन्जीनीयर थापाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
कोटेशनमा अग्रिम कमिसन माग भएको विषयमा प्रतिक्रियाका लागि पूर्वाधार कार्यालय गोरखाका निमित्त प्रमुख गणेश सुबेदीसँग सम्पर्क गर्दा बिदामा जानुभएको भन्ने जानकारी पाइयो । डायरी एक्सप्रेस साप्ताहिकबाट
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend