Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँ र तीन जिल्लाका सिडिओ तथा प्रहरी प्रमुखबीच छलफल


    आइतबार, कार्तिक ९ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूले छलफल गरेका छन् ।

    छठपछि प्रसाईँले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज आइतबार प्रसाईँलाई बोलाएर छलफल गरिएको बताइएको छ ।

    छलफलमा तीनै जिल्लाका सिडिओहरू र तीनै जिल्लाका प्रहरी प्रमुखहरूको उपस्थित रहेको थियो । प्रसाईँले अभिव्यक्त गरेका विचार तथा सामाजिक सञ्जालहरूमा प्रसारित विषयमा पनि छलफल छ ।

    यसका साथै प्रसाईँले गर्ने भनिएको आन्दोलनबारे प्रसाईँले भने अहिले त्यस्तो कुनै कार्यक्रम नरहेको बताएको स्रोतको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार