Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मधेशमा छठका लागि थप १ दिन सार्वजनिक बिदा


    शुक्रबार, कार्तिक ७ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै छठको उदाउँदो सूर्यको दिन अर्थात् कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

    छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यका दिन गरी दुई दिन बिदा दिनुपर्ने नागरिकको माग बढिरहेको बेला प्रदेश सरकारले यो आंशिक सम्बोधन गरेको हो । यस निर्णयसँगै प्रदेशभरका सरकारी कार्यालय, विद्यालय तथा निकायहरू मंगलबार बन्द रहनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार