काठमाडौँ । कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । यो एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास जारी छ ।
एकता वार्तामा सहभागी नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणमा कुनै विमति छैन । नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको वार्ता टोलीका एक सदस्यले बताएका छन् ।
निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्हबारे भने सहमति भइसकेको छैन । नेकपा एसले कलम नै राखौँ भनिरहेको छ भने माओवादीले अर्को खोजौँ भन्दै छ । यसबारेमा पनि ठुलो विमति भने नहुने नेताहरू बताउँछन् ।
स्रोतका अनुसार पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ ।
नेकपा माओवादी केन्द्रले माओवादलाई छाड्नेछ भने नेकपा एसले जनताको बहुदलीय जनवाद यसअघि नै छाडेको छ । अबको पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहनेछ । त्यसमा जबजका आधारभूत मूल्य मान्यताहरू यथावत् राखिएको नेकपा एसका नेताहरूले बताएका छन् ।
एकीकरणपछि बन्ने पार्टीको नाममा अन्तिम टुंगो लाग्छ बाँकी छ । तर नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहनेछ । पार्टीको नामको पछाडि समाजवादी भने राखिने वार्तामा सहभागी नेताहरूको भनाइ छ ।
नेकपा समाजवादी अर्कैको नाममा दर्ता रहेकाले वार्ताका क्रममा पार्टीको नाम नेकपा समाजवादी केन्द्र राख्ने प्रस्ताव पनि आएको थियो । तर नेकपा समाजवादी केन्द्रको छोटकारीनाम नेकपा ‘सके’ हुने भएकाले त्यो नाम नराख्ने र अहिलेकै नेकपा समाजवादी दर्ता गर्ने पक्षसँग छलफल गरेर टुंग्याइने भएको छ ।
पार्टीको नाम,नीति र सिद्धान्तमा सहमति भएपछि नेतृत्वको विषयमा अन्तिम सहमति जुटाउन प्रचण्ड र माधवलाई दिइएको छ । विप्लवले ढिला गरे पनि दुई पार्टीबीच भने ढिला नगरी एकता घोषणा गर्दा अरू घटकहरूसँग एकताको वातावरण बन्ने नेतृत्व तहको बुझाइ रहेको छ ।
नेतृत्वको विषयमा भने ‘प्रचण्ड’ संयोजक र माधव नेपाल सहसंयोजक बन्ने एउटा मोडालिटी पेश गरिएको छ । अर्कोतर्फ दुई अध्यक्षको विकल्प अघि सारिए पनि त्यो मोडालिटी पहिले नै असफल भएकोले त्यसतर्फ जान नहुनेमा दुवै पक्ष सहमत छन् । ‘विप्लव’सहितको एकता हुँदा अध्यक्ष मण्डलको प्रस्तावमाथि समेत छलफल भइरहेको छ ।
पार्टीको मुख्य नेतृत्व ‘प्रचण्ड र माधवले मिलाएपछि दुवै पक्षका पदाधिकारी मिलाएर सचिवालय बनाउने र अरू कमिटीहरू समायोजन गर्ने गरी छलफल अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
काठमाडौँ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई...
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend