Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा जिप दुर्घटना हुँदा गाडी धनीको मृत्यु


    शुक्रबार, कार्तिक ७ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

    जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार