सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – १ मा सत्ता र शक्ति प्रदर्शनकै नमूना देखिएको छ । वडाध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट गरिएको छ ।
वडा नं. १ का अध्यक्ष रामेश्वरप्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतोसहित राम साह, विजय महतो र शंकर महतोको समूहले किसनपुरका विवेकानन्द गुप्तालाई घरमै पुगेर घेराउ गर्दै कुटपिट गरेको स्थानीयले बताएका छन् ।
घटनापछि गाउँमा केही समय तनाव उत्पन्न भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।
प्रहरीका अनुसार वडा अध्यक्षको समूहले विवेकानन्दको घरमा जबर्जस्ती प्रवेश गरी आक्रमण गरेको प्रारम्भिक बुझाइ छ ।
घटनाको सुरुवात वडा कार्यालयको मोटरसाइकल प्रयोगसम्बन्धी विवादबाट भएको बताइएको छ । गत कार्तिक २ गते वडा सचिव रमन लुइँटेलको मोटरसाइकल अध्यक्ष महतोले व्यक्तिगत प्रयोजनका लागि लगेको र सोबारे जानकारी नदिँदा विवाद सुरु भएको थियो ।
त्यसपछि केही जेन–जी युवाहरूले सामाजिक सञ्जालमा ‘वडाध्यक्षले मोटरसाइकल चोरी गरेका हुन्’ भन्ने पोस्ट गरेपछि अध्यक्ष पक्ष आक्रामक बनेको स्थानीयको भनाइ छ । यही पोस्टको प्रतिशोधस्वरूप विवेकानन्दमाथि कुटपिट गरिएको जेन–जी समूहले आरोप लगाएका छन्न् ।
वडा सचिव लुइँटेलले पनि घटना पुष्टि गर्दै भने–‘वडा अध्यक्षले मेरो मोटरसाइकल बिना अनुमति लग्नु चोरी नै हो ।’
घटनापछि जेन–जी समूहका नेता उदय महतोको नेतृत्वमा युवाहरूले सडकमा उत्रिएर ‘वडा अध्यक्षलाई पक्राउ गर’ भन्दै नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।
घाइते विवेकानन्द गुप्ताले भने–‘मैले वडा अध्यक्षका अनियमित गतिविधिको विरोध गर्दै आएको थिएँ। त्यसकै कारण उनीहरूले मेरो घरमै आएर आक्रमण गरे ।’
उता वडा अध्यक्ष रामेश्वर महतोले भने घटनाबारे कुनै टिप्पणी गर्न अस्वीकार गर्दै आफू गाउँभन्दा बाहिर रहेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend