सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – १ मा सत्ता र शक्ति प्रदर्शनकै नमूना देखिएको छ । वडाध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट गरिएको छ ।
वडा नं. १ का अध्यक्ष रामेश्वरप्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतोसहित राम साह, विजय महतो र शंकर महतोको समूहले किसनपुरका विवेकानन्द गुप्तालाई घरमै पुगेर घेराउ गर्दै कुटपिट गरेको स्थानीयले बताएका छन् ।
घटनापछि गाउँमा केही समय तनाव उत्पन्न भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।
प्रहरीका अनुसार वडा अध्यक्षको समूहले विवेकानन्दको घरमा जबर्जस्ती प्रवेश गरी आक्रमण गरेको प्रारम्भिक बुझाइ छ ।
घटनाको सुरुवात वडा कार्यालयको मोटरसाइकल प्रयोगसम्बन्धी विवादबाट भएको बताइएको छ । गत कार्तिक २ गते वडा सचिव रमन लुइँटेलको मोटरसाइकल अध्यक्ष महतोले व्यक्तिगत प्रयोजनका लागि लगेको र सोबारे जानकारी नदिँदा विवाद सुरु भएको थियो ।
त्यसपछि केही जेन–जी युवाहरूले सामाजिक सञ्जालमा ‘वडाध्यक्षले मोटरसाइकल चोरी गरेका हुन्’ भन्ने पोस्ट गरेपछि अध्यक्ष पक्ष आक्रामक बनेको स्थानीयको भनाइ छ । यही पोस्टको प्रतिशोधस्वरूप विवेकानन्दमाथि कुटपिट गरिएको जेन–जी समूहले आरोप लगाएका छन्न् ।
वडा सचिव लुइँटेलले पनि घटना पुष्टि गर्दै भने–‘वडा अध्यक्षले मेरो मोटरसाइकल बिना अनुमति लग्नु चोरी नै हो ।’
घटनापछि जेन–जी समूहका नेता उदय महतोको नेतृत्वमा युवाहरूले सडकमा उत्रिएर ‘वडा अध्यक्षलाई पक्राउ गर’ भन्दै नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।
घाइते विवेकानन्द गुप्ताले भने–‘मैले वडा अध्यक्षका अनियमित गतिविधिको विरोध गर्दै आएको थिएँ। त्यसकै कारण उनीहरूले मेरो घरमै आएर आक्रमण गरे ।’
उता वडा अध्यक्ष रामेश्वर महतोले भने घटनाबारे कुनै टिप्पणी गर्न अस्वीकार गर्दै आफू गाउँभन्दा बाहिर रहेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend