सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ कामद टोलमा बुधबार दिउँसो एक पुरानो दुई तल्ले पक्की घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।
गौतम माझीका छोरा अरुण माझी आफ्नै घरको आँगनमा खेलिरहेको समयमा अचानक नबिन सिंहको पुरानो घर भत्किँदा उनी माटोको ढिस्कोमा च्यापिएका थिए । गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लैजाने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
घटनापछि प्रहरी चौकी नाढिमनबाट खटिएको टोली र इप्रका केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा जेसीबी सहितको प्रहरी टोली उद्धारमा खटिएको छ । घटनास्थल प्रहरी चौकी नाढिमनबाट करिब ४ किलोमिटर दक्षिण पर्छ ।
अन्य व्यक्तिहरू पनि माटोमा च्यापिएको हुनसक्ने आशंकामा प्रहरीको टोलीले पुरिएको संरचना हटाउने र सम्भावित पीडितको खोजतलास कार्य जारी राखेको जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीले जीर्ण संरचनामाथि समयमै ध्यान नदिँदा यस्ता दुर्घटना भइरहने भन्दै गुनासो व्यक्त गरेका छन् ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend