Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारीको घरमा आगजनी गर्ने १ जना पक्राउ


    बुधबार, कार्तिक ५ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोनाम थेबेलाई पक्राउ गरेको हो । उनी चार दिनदेखि प्रहरी हिरासतमा रहेको एसपी पवन भट्टराईले जानकारी दिए ।

    उनका अनुसार भदौ २४ गते आन्दोलन क्रममा थेबेले अन्य व्यक्तिहरूको घरमा पनि आगजनी गरेको सिसिटिभी तथा भिडिओहरूमा देखिएको छ ।

    उक्त संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत सरकारी, निजी संरचना तथा निवाससँगै थुप्रै नेताहरूको घरमा आगजनी र तोडफोड भएको थियो।

    प्रहरीले सिसिटिभी फुटेज, तस्बिर लगायत प्रमाणका आधारमा आगजनी र तोडफोडमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार