Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • छठपछि वामपन्थी एकता हुन्छ, चुनाव तोकिएकै समयमा हुनुपर्छ: प्रचण्ड


    बुधबार, कार्तिक ५ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठपछि वामपन्थी एकता हुने दाबी गरेका छन्।

    जनकपुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उने समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरू एकता प्रक्रियामा अग्रसर रहेको उल्लेख गरे।

    ‘वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ,’ प्रचण्डले भने, ‘छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको।’

    उनले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार