Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • विपिनको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने


    सोमबार, कार्तिक ३ २०८२
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विपिनको परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

    इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशीको परिवारलाई पनि प्रदेश सरकारले मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए ।

    सरकारले त्यो बेला जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यतलाई पनि जनही २र२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

    सोहि निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोग बापतको चेक हस्तान्तरण गरेको थियो ।

    तर सो समयमा विपीन जोशीको अवस्था अज्ञात थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार