Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • गृहमन्त्रीले भागेको भनेका दिपक खड्का जलेको घरबाटै सार्वजनिक


    सोमबार, कार्तिक ३ २०८२
    870
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिनपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का आफ्नै निवासबाट सार्वजनिक भएका छन् ।

    जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएका हुन् । गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए ।

    तर, खड्का काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका हुन् । उनले गलत समाचार नदिन पनि अनुरोध गरेका छन् ।

    उनले भदौ २३ र २४ गतेको आन्दोलनले मुलुक नै नरहने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै भने, ‘हामी नेपाली भएर बाच्न पाउने कि नपाउने त्यो अवस्थामा छौँ । हिजोका घटना एक ठाउँमा राखौँ । तर अब मिलेर अघि बढ्नुको विकल्प छैन । नयाँ सरकार गठन भएको छ । त्यसलाई आत्मसात गरौँ । दलका शीर्ष नेताहरुले नै यस कुरालाई भनिसक्नुभएको छ ।’

    उनले आफ्ना विषयमा पछिल्ला दिनमा जसरी समाचार आए त्यसले गलत सन्देश गएको बताए । ‘मेरा विषयमा जसरी समाचार आए । सत्तासिन मान्छेले भनेको सुनियो, त्यो गलत थियो,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार