Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ‘यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ’: ओली


    आइतबार, कार्तिक २ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुन: प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् ।

    आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन सहने?,’ ओलीले भनेका छन्, ‘अनि फेरि पनि यो अरूबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ? भन्ने कुरा आउँछ ।’

    उनले हलमा उपस्थित सम्पादकहरूले समेत मेसो नपाएको र अलि पनि सम्पादकीय नै लेखेर आफूलाई बोलाउने बताए ।

    ‘तपाईँहरूले अहिले त अलि मेलो पाउनुभएको छैन । तर, तपाईँहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔँ केपी ओलीलाई भनेर,’ ओलीले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार