Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मैले राष्ट्रपतिलाई गरेको सिफारिसमा सुशीला कार्कीको नाम छैन: केपी ओली


    आइतबार, कार्तिक २ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको प्रधानमन्त्रीमा आफूले सुशीला कार्कीको नाम सिफारिस नगरेको दाबी गरेका छन् ।

    आइतबार राजधानीमा सम्पादकहरूसँग साक्षात्कार कार्यक्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

    संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि आफूले राष्ट्रपतिसमक्ष सिफारिस गरेको तर त्यसमा सुशीला कार्कीको नाम कतै नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिसको व्यहोरा पढेर सुनाउँदै कहीँकतै सुशीला कार्कीको नाम नभएको जिकिर गरे ।

    ‘यसमा सुशीला कार्की सुन्नुभयो रु मैले लेखेको यत्ति हो । यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने केही छैन,’ व्यहोरा सुनाइसकेपछि उनले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार