काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेर पनि बक्यौता रकम नतिरेका उद्योगहरूको लाइन आज(आइतबार) भएको छ ।
प्राधिकरणले बक्यौता तिर्न दिएको अन्तिम म्याद आज राति सकिँदै छ । कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार म्याद सकिएपछि बक्यौता नबुझाउने उद्योगहरूको जुनसुकै बेला लाइन काटिनेछ । प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता तिर्न समय दिएको थियो, तर हालसम्म केवल ९ उद्योग मात्र सम्पर्कमा आएका छन् ।
बाँकी उद्योगहरूले अटेर गरेका कारण लाइन काट्ने तयारी भएको सिलवालले जानकारी गराएका हुन् । सिलवालका अनुसार , म्याद सकिनासाथ बक्यौता नतिर्ने उद्योगहरूको बिजुली आपूर्ति बन्द हुनेछ । हाल ३१ ठुला उद्योगले बक्यौता रकम नतिरेको प्राधिकरणको भनाइ छ। उद्योगीहरूले प्रमाणबिना रकम तिर्न नसक्ने भन्दै ऊर्जामन्त्री कुलमान घिसिङसँग म्याद थप, २५ प्रतिशत जरिवाना छुट र किस्ता अवधि बढाउन माग गरेका थिए ।
तर, मन्त्री घिसिङले जरिवाना छुट र म्याद थप गर्न नसकिने स्पष्ट पारेका छन् । यो कदमले उद्योगहरूलाई बक्यौता तिर्न दबाब बढ्ने देखिन्छ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend