Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु


    आइतबार, कार्तिक २ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

    बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज दुर्घटना भएको हो ।

    दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्की प्रहरीले जनाएको छ ।

    दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार