Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • ‘मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ’: ओली


    शुक्रबार, असोज ३१ २०८२
    885
    Shares
    एमालेको केन्द्रीय कमिटी बैठक ललितपुर, २९ असोजः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै। तस्बिर: रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पारेका छन् ।

    बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् ।

    ‘केही साथीले राजीनामा माग्नुभएछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’

    उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए ।

    ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला । प्रतिनिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔँ । मित्रताका साथ जाऔँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार