जलिरहेको सिंहदरबार र सर्वोच्च अदालतको १ सय मिटरमा रहेको नेपाली सेनाको सैनिक हेडक्वाटर
काठमाडौं । भदौ २४ गतेको सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण दिएको छ ।
युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सिंहदरबारलगायतका संरचनाबारे उठेका प्रश्नहरू जायज छन्, र हामी तिनलाई स्पष्ट गर्न चाहन्छौं । राष्ट्रिय सम्पदाहरूमा भएको क्षति दुखद् छ, तर तत्कालीन परिस्थितिमा सेनाको कारबाही उचित र सटीक थियो ।’
उनका अनुसार, आन्दोलनका क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको थियो, जसमा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएको थियो । ‘सेनाले ‘लेस देन लिथल’ ९कम घातक० नियन्त्रण उपाय अपनाएको थियो,’थापाले भने । सिंहदरबार क्षेत्रमा भिड नियन्त्रणका लागि दुई चरणमा गरी ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए ।
‘यी फायरहरू चेतावनीका लागि मात्र थिए र जमिनतर्फ नभई हावातर्फ गरिएको थियो,’ उनले भने । थापाले कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नभएको दाबी गरे । उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन र राष्ट्रका महत्त्वपूर्ण संरचनाहरूको सुरक्षामा थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend