Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री गणेश शाहले छाडे माओवादी केन्द्र


    बिहिबार, असोज ३० २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी छाडेको घोषणा गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले राजनीतिबाट अवकाश लिएको बताए ।

    योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’ उनले जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै राजनीतिबाटै अवकाश लिएको बताए ।

    साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञानमन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार