Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


    बिहिबार, असोज ३० २०८२
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा सभापति पूर्णबहादुर खड्काको अध्यक्षता बस्न लागेको हो ।

    यस्तै आज बिहान ९ बजे कार्यसम्पादन समितिको अनौपचारिक बैठक पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा भने अझै टुंगिएका छैनन्। जेनजी आन्दोलनपछि पहिलो पटक असोज २८ गते काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो।

    त्यही दिन सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु ३४ दिनपछि सार्वजनिक भएका थिए। त्यस दिन सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्ने घोषणा गर्दै खड्कालाई कार्यवाहक तोकेका थिए।

    केन्द्रीय कार्य समिति बैठकले १५ औँ महाधिवेशनबारे निर्णय गर्नेछ। काँग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरुले विशेष महाधिवेशनको माग गर्दै हिजो मात्रै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार