काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतको आदेशसँगै उनलाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउने आदेश भएको जानकारी दिए ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो ।
चिनियाँ तस्करले भेप (विद्युतीय चुरोट) मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप छ ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो । उनका छोरा राहुलसहित ४ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो ।
यो प्रकरणमा महरा र अन्य प्रतिवादीहरूको बयानबाट समेत उनी संलग्न छैनन् भन्ने नदेखिने अदालतले भनेको छ । यसअघि अर्को मुद्दामा पक्राउ पर्दा भने उनलाई डिल्ली बजार कारागार लगिएको थियो ।
यो सुन तस्करी प्रकरणमा उन्मुक्ति पाउँदै आएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरी मुद्दा दायर गरेको थियो ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend