काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा अरुणकुमार चौधरीलाई २ दिनमै छाड्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।
विनोद चौधरीको च्याम्पियन फुटवेयर कम्पनीले तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको उक्त जग्गा गैरकानुनी रुपमा हत्याएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि अरुण चौधरीलाई पक्राउ गरेपछि न्यायाधीश आचार्यले २ दिनमै छाड्न आदेश दिएका थिए । उनले सर्वोच्च अदालतकै एक भावी प्रधानन्यायाधीशको दबाबमा उक्त आदेश दिए पनि कारबाहीस्वरुप मुगु सरुवा हुनुपरेको छ ।
प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठले उनलाई मुगु सरुवा गरेका हुन् । भावी प्रधानन्यायाधीशको दबाब मान्दा आचार्यले संजायस्वरुप मुगु सरुवा हुनुपरेको छ ।
सीआईबीले गैरकानुनी रुपमा जग्गा हत्याउने अनुसन्धान गरिरहँदा अदालतले छाड्ने आदेश दिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend