Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति


    आइतबार, असोज ६ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौँले प्रसाईलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

    साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

    प्रसाईबिरुद्ध रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । संगौलाकै उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार