काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुव्र्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दावी पुग्ने जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ ।
महानगरपालिका– ४ को एक विद्यालयमा अध्ययनरत बालिकालाई आफ्नै बुबा र बडाबाका छोरा (दाजु) ले यौन दुर्ब्यावहार गरेको विषयमा महानगरपालिकाले प्रतिवेदन र यस सम्बन्धी विवरण पत्र राखेर जाहेरीस्वरुप अदालतमा प्रतिवेदन पेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले ‘बाल यौन दुरुपयोग गरेको’ मुद्दाको किसिम र ‘बाल यौन दुर्ब्यावहार ’ सम्बन्धी मुद्दामा दावी पुग्ने फैसला गरेको हो ।
महानगरपालिकाका अनुसार जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाहरुका सन्दर्भमा बालमनोविज्ञ र समाजसेवीले बालबालिकासँग परामर्श गरेर तयार पारेको प्रतिवेदनलाई जाहेरी मान्न आग्रह गर्दै आएको थियो । अदालतको फैसलाबाट प्रतिवेदनले जाहेरी सरह मान्यता पाएपछि बाल संरक्षण सम्बन्धी विषयले संस्थागत रुपमा अदालतमा प्रवेश पाउने भएको छ ।
महानगरपालिकाका बाल कल्याण अधिकारी शान्ता पहाडीले भनिन, ‘यसले बाल संरक्षणका आगामी कामलाई थप सहज बनाउनेछ, अदालतको फैसलाबाट बाल बचाउका लागि नयाँ नजिर स्थापित हुनेमा हामी आशावादी छौँ ।’
यही विषयलाई बन्दी प्रत्यक्षीकरणको मुद्दा बनाएर उच्च अदालत पाटन गएकी बालिकाकी आमालाई अदालतले मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको फैसला गरेको थियो । महानगरपालिकाले आफ्नी छोरीलाई विद्यालयबाटै नियन्त्रणमा लिएर बन्दी बनाएको आरोप लगाएर महानगरपालिकासहित ५ जना व्यक्ति तथा संस्था विरुद्ध उच्च अदालत पाटनमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश अञ्जु उप्रेती ढकाल र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो फैसला गरेको थियो ।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend