काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गरेका छन्।
राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा सम्पन्न हुँदैछ ।
उक्त महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ । आइपियुको महासभामा नेपालको सहभागिता, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रियसभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए ।
त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराएका थिए।
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका...
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend