Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदुरको मृत्यु


    बुधबार, असोज २९ २०८२
    780
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका २ का शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने रेशम दराई र रत्ननगर नगरपालिका १२ बस्ने कमल गुरुङ रहेका छन् । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा पर्सा घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष जितेन्द्र महतो र अंकजप्रसाद थारु छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

    इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । यस बारे थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार