काठमाडौँ। नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा केही बेरअघिबाट बैठक सुरु भएको हो।
जेनजी विद्रोहले अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो। बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन केही बेरमा पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्।
प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिएको उनले बताए।
केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औँ महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । बैठकले महाधिवेशनको मिति र स्थान पनि तोक्नेछ।
एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद् पुनर्स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने तयारी गरेको छ। त्यस्तै केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्नेछ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रूपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३ मिनेट समय दिने तयारी छ। नेतृत्व परिवर्तनदेखि पार्टी पुनर्गठनलगायतको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
आजदेखि सुरु भएको बैठक ३ दिनसम्म चल्नेछ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend