Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल जारी, रास्वपा अनुपस्थित


    बुधबार, असोज २९ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन् ।

    सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका दलका प्रतिनिधि सहभागी छन् ।

    पछिल्ला दिनमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय समितिको बैठक चलिरहेका बेला सभामुखसँगको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार