Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वसभामुख महराको थुनछेक बहस आजदेखि


    बुधबार, असोज २९ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजदेखि सुरु हुँदै छ ।

    हिजो काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महरासँगको बयान सकिएपछि आजदेखि थुनछेक बहस हुने भएको हो । महराविरुद्ध ०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोप छ ।

    महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार