Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार फिर्ता गरिएका शवमध्ये एउटा विपिन जोशीको भएको पुष्टि


    मंगलबार, असोज २८ २०८२
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । इजरेलमा नेपाली विद्यार्थी विपिन जोशीको शवको जाँच र त्यसबाट निकालिएको नमुनाबाट डीएनए परीक्षण गरिएको छ ।

    हमासले जोशीसहित चार जनाको अवशेष सोमवार इजरेली पक्षलाई हस्तान्तरण गरेको थियो। इजरेली सेनाले हमासले फिर्ता पठाएका शवमध्ये विपिन जोशीको पनि भएको पुष्टि गरेको बिबिसीले जनाएको छ ।

    आईडीएफले गाजा युद्धको प्रारम्भिक महिनातिरै नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने बिबिसीले समाचारमा उल्लेख गरेको छ।

    आईडीएफका अनुसार राष्ट्रिय विधि विज्ञान केन्द्रले जोशीको मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष निकालिने छ।

    इजरेलमा आवश्यक प्रक्रिया पूरा हुनासाथ सकेसम्म छिटो शव पठाउनका लागि इजरेली अधिकारीहरूसँग समन्वय गर्न तेल अभिभस्थित राजदूतलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार