Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी प्रकरणमा महराले दिए इन्कारी बयान


    मंगलबार, असोज २८ २०८२
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् । जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् ।

    चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।

    चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट ९ख्बउभक० भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भित्र्याउनको लागि मेरो कुनै लगानी छैन,’ उनले बयानमा भनेका छन् ।

    आफू सञ्चारमन्त्री हुँदा दावाले आफूलाई फलफूल व्यापारी भन्दै आएर भेटेको भन्दै उनले भनेका छन्, ‘निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन ।’ आफूले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई आफ्नो छोरा आउँछ, हेरीदिनुहोला भनेर नभनेको पनि बताएका छन् ।

    महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार