बीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई २ किलो २५४ ग्राम सुन र १० किलो ३५४ ग्राम चाँदी बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ । अभिषेक सर्राफ पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सोनारका भान्जा हुन् । उनको माईस्थानस्थित घरमा सोमबार बिहानदेखि छापा मार्दा तस्करीको सुन बरामद भएको हो । अभिषेक सर्राफ अध्यक्ष सोनारका बहिनी ज्वाइँ सन्तोष सर्राफका छोरा हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए ।
‘भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मार्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो, उनले भने–‘संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगी मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४.०७ ग्राम फेलापरेको छ ।’
सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ ।
त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ ।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए । ‘बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ’, उनले भने । राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ ।
तस्करीका सुन कारोबारी सन्दीप र प्रदीप सर्राफ अदालत सेटिङमा छुटेका थिए
राजस्व अनुसन्धान कार्यालय पथलैयाले २०८० पुस २७ गते बीरगंजको माईस्थानस्थित ३ नं. रोडमा नामूद सुन तस्कर तथा द्वैध नागरिक रामनाथ साह सोनारका छोरा सन्दीप सर्राफ संचालक रहेको आर..के. एण्ड सन्स नामक सुनचाँदी पसल तथा निज रामनाथ साह सोनारकै सन्दिप सरार्फको कान्छो भाइ प्रदीप सरार्फले संचालन गरेको दुर्गे ज्वेलर्समा छापमारी गरी विभिन्न शंकास्पद कागजातहरुका बरामद गरेको थियो ।
दुबै ज्वेलर्सले हुण्डी कारोबार गरेको, मिटरव्याजमा लगानी गरेका सम्बन्धित कागजात, काँचो सुनचाँदी तस्करी गर्ने गराइने सम्बन्धित कागजातहरु लगायत सरकारको राजस्व छली गरेको महत्वपूर्ण कागजातलगायत भारत र नेपाल दुवै देशका नागरिकतासमेत विभिन्न किसिमका कागजातहरू नियन्त्रणमा लिएको थियो ।
उक्त मुद्दामा सन्दिप सरार्फलाई १७ करोड ९५ लाख बराबरको बिगो तथा जरिवाना गरेको थियो ।
तर सरार्फद्वयले नेपाली काँग्रेसबाट मन्त्री कानून मन्त्री बनेका अजय चौरसियामार्फत् सेटिङ गरी धरौटीमा छुटेका थिए । एक दिन पनि थुनामा नबसी पूर्व कानुन मन्त्री चौरसियासँग सेटिङ गरी सर्राफहरु छुटेका थिए । चौरसियाले ठूलो रकम घुस लिएर अदालतमा न्यायाधीशलाई दबाब दिएर उनीहरुलाई छुटाएका थिए ।
राजस्व अनुसन्धान कार्यालय पथलैया र सशस्त्र प्रहरी बलको टोली सर्राफको घरमा छापा मार्दै
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend