Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तस्करीमा मुछिएका सिरहाका एसपी बाहिनीमा तानिए


    शनिबार, असोज १३ २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • लहान । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुकसैना नाकाबाट भन्सारी छली गरी भित्रिएको ३६ लाख बराबरको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी गण नम्बर ७ का एसपी प्रमोद भारतीलाई मधेश प्रदेश बाहिनी बर्दिबासमा तानिएका छन् । शुक्रबार राति राजस्वको टोलीले सुकसैना नाकाबाट भित्रिएको उक्त कपडा बरामद गरेको थियो ।

    सशस्त्रका एसपीकै संरक्षणमा तस्करी हुँदैआएको र राजस्वले शुक्रबार साँझ ३६ लाख बराबरका कपडा बरामद गरेको समाचार सार्वजनिक भएपछि एसपीलाई बाहिनीमा तानिएको छ । मधेश प्रदेश बाहिनी बर्दिबासका डीआईजी दीपेन्द्र शाहले सिरहाका सशस्त्रका अधिकारीलाई सोधपुछका लागि बोलाइएको बताए । उनले भने–‘बाहिनीले सोधपुछका लागि त बोलाइरहन्छ नि ।’

    बरामद कपडा ब्यापारी दिनेश चौधरीको भएको स्रोतले बताएको छ । चौधरी स्थानीय ब्यापारी भए पनि लगानीकर्ता र काठमाडौंमा ब्यवस्थापनको काम भने एसपी भारतीका आफन्तले गर्ने गरेको स्रोतको दाबी छ । यस बिषयमा आजै नेपालफेस डटकमले समाचार प्रकाशित गरेको थियो ।

    प्रमोद भारती सिरहाको एसपी भएदेखि नै माडर, ठाडी नाकाबाट ब्यापकरुपमा तस्करी हुँदैआएको छ । जसका कारण करोडौं भन्सार राजस्व अपचलन हुँदैआएको छ । यसअघि गएको भदौ २६ गते राजस्व अनुसन्धान इटहरीको टोलीले माडरको कालीचौकमा छापा हानी भन्सारछलीका २ गाडी कपडासहित २ जनालाई पक्राउ गरी लगेको थियो । उक्त गाडी पनि एसपी भारतीका दाजु मनोजकै भएको स्रोतले बतायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार