लहान । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सुकसैना नाकाबाट भन्सारी छली गरी भित्रिएको ३६ लाख बराबरको कपडा बरामद गरेपछि सशस्त्र प्रहरी गण नम्बर ७ का एसपी प्रमोद भारतीलाई मधेश प्रदेश बाहिनी बर्दिबासमा तानिएका छन् । शुक्रबार राति राजस्वको टोलीले सुकसैना नाकाबाट भित्रिएको उक्त कपडा बरामद गरेको थियो ।
सशस्त्रका एसपीकै संरक्षणमा तस्करी हुँदैआएको र राजस्वले शुक्रबार साँझ ३६ लाख बराबरका कपडा बरामद गरेको समाचार सार्वजनिक भएपछि एसपीलाई बाहिनीमा तानिएको छ । मधेश प्रदेश बाहिनी बर्दिबासका डीआईजी दीपेन्द्र शाहले सिरहाका सशस्त्रका अधिकारीलाई सोधपुछका लागि बोलाइएको बताए । उनले भने–‘बाहिनीले सोधपुछका लागि त बोलाइरहन्छ नि ।’
बरामद कपडा ब्यापारी दिनेश चौधरीको भएको स्रोतले बताएको छ । चौधरी स्थानीय ब्यापारी भए पनि लगानीकर्ता र काठमाडौंमा ब्यवस्थापनको काम भने एसपी भारतीका आफन्तले गर्ने गरेको स्रोतको दाबी छ । यस बिषयमा आजै नेपालफेस डटकमले समाचार प्रकाशित गरेको थियो ।
प्रमोद भारती सिरहाको एसपी भएदेखि नै माडर, ठाडी नाकाबाट ब्यापकरुपमा तस्करी हुँदैआएको छ । जसका कारण करोडौं भन्सार राजस्व अपचलन हुँदैआएको छ । यसअघि गएको भदौ २६ गते राजस्व अनुसन्धान इटहरीको टोलीले माडरको कालीचौकमा छापा हानी भन्सारछलीका २ गाडी कपडासहित २ जनालाई पक्राउ गरी लगेको थियो । उक्त गाडी पनि एसपी भारतीका दाजु मनोजकै भएको स्रोतले बतायो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend