काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै १८ करोड बिगो दाबी गरेका एक जना सुनचाँदी व्यवसायीलाई जोगाउन बिचौलियाहरू सक्रिय भएका छन् ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले २०८० पुस २७ गते बीरगंजको माईस्थानस्थित ३ नं. रोडमा नामूद सुन तस्कर तथा द्वैध नागरिक रामनाथ साह सोनारका छोरा सन्दीप सर्राफ संचालक रहेको आर.के. एण्ड सन्स नामक सुनचाँदी पसल तथा निज रामनाथ साह सोनारकै सन्दिप सरार्फको कान्छो भाइ प्रदीप सरार्फले संचालन गरेको दुर्गे ज्वेलर्समा छापमारी गरी विभिन्न शंकास्पद कागजातहरुका बरामद गरेको थियो ।
दुबै ज्वेलर्सले हुण्डी कारोबार गरेको, मिटरव्याजमा लगानी गरेका सम्बन्धित कागजात, काँचो सुनचाँदी तस्करी गर्ने गराइने सम्बन्धित कागजातहरु लगायत सरकारको राजस्व छली गरेको महत्वपूर्ण कागजातलगायत भारत र नेपाल दुवै देशका नागरिकतासमेत विभिन्न किसिमका कागजातहरू नियन्त्रणमा लिएको थियो ।
स्रोतले दिएको जानकारी अनुसार उक्त मुद्दामा सन्दिप सरार्फलाई १७ करोड ९५ लाख बराबरको बिगो तथा जरिवाना गरेको थियो ।
राजस्व अनुसन्धान विभागले बिगो र जरिवाना कायम गरेपछि सन्दिप सरार्फ हाल आफ्नो ससुराली गाउँ भारत बिहारको सुगौली भन्ने स्थानमा लुकेर बसेका छन् ।
सन्दीपका भाई दुर्गे ज्वेलर्सका संचालक प्रदीप सर्राफ बेलाबखतमा पसलमा जाने आउने गर्छन् तर उनलाई प्रहरीले नचिनेका कारण पक्राउ नपरेका र प्रहरीलाई उक्त पसलमा बसेकाले झुक्याएर पठाइदिने गरेका छन् ।
यसैबीच नेपाली काँग्रेसबाट मन्त्री कानून मन्त्री बनेका अजय चौरसियामार्फत् सन्दीप सर्राफलाई आजै अदालतमा उपस्थित गराएर न्यून धरौटीमा उन्मुक्ति दिलाउने डिल भएको विश्वस्त स्रोतबाट जानकारी प्राप्त हुनआएको छ । कानुन मन्त्री अजय चौरसियालाई १७ करोड ९५ लाख राजस्व छलीमा फरार सर्राफलाई छुटाउन दबाब दिएकोबारेमा उनले भने–‘ म सन्दीप सर्राफ र प्रदीप सर्राफलाई चिन्दिनँ । नचिनेको मान्छेलाई छुटाउन कसरी लाग्नु ?’
सो मुद्दाबाट सर्राफलाई जोगाउन उनीहरूले अहिले संघीय सरकारमा प्रतिनिधित्व गर्ने पर्साका तीनै मन्त्रीहरु अजय चौरसिया, राजकुमार गुप्ता र प्रदीप यादवकहाँ मुद्दा मिलाइदिने सम्बन्धमा दौडधुप गरिरहेका छन् । स्रोतका अनुसार एक मन्त्रीलाई सो मुद्दा मिलाइदिन सर्राफले ७०–८० लाखसम्म दिन तयार रहेको तर मन्त्रीका नजिकका मान्छेले दुई करोडको डिमाण्ड गरेका कारण हालसम्म मुद्दा नमिलेको भए पनि अन्य बिचौलियामार्फत् अर्कै मन्त्रीसँग डील भएपछि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
उन्मुक्तिपछि सर्राफले वीरगंजमा रहेको आफ्नो घरजग्गा बेचेर भाग्ने तयारी पनि गरेको बताइन्छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend