काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै १८ करोड बिगो दाबी गरेका एक जना सुनचाँदी व्यवसायीलाई जोगाउन बिचौलियाहरू सक्रिय भएका छन् ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले २०८० पुस २७ गते बीरगंजको माईस्थानस्थित ३ नं. रोडमा नामूद सुन तस्कर तथा द्वैध नागरिक रामनाथ साह सोनारका छोरा सन्दीप सर्राफ संचालक रहेको आर.के. एण्ड सन्स नामक सुनचाँदी पसल तथा निज रामनाथ साह सोनारकै सन्दिप सरार्फको कान्छो भाइ प्रदीप सरार्फले संचालन गरेको दुर्गे ज्वेलर्समा छापमारी गरी विभिन्न शंकास्पद कागजातहरुका बरामद गरेको थियो ।
दुबै ज्वेलर्सले हुण्डी कारोबार गरेको, मिटरव्याजमा लगानी गरेका सम्बन्धित कागजात, काँचो सुनचाँदी तस्करी गर्ने गराइने सम्बन्धित कागजातहरु लगायत सरकारको राजस्व छली गरेको महत्वपूर्ण कागजातलगायत भारत र नेपाल दुवै देशका नागरिकतासमेत विभिन्न किसिमका कागजातहरू नियन्त्रणमा लिएको थियो ।
स्रोतले दिएको जानकारी अनुसार उक्त मुद्दामा सन्दिप सरार्फलाई १७ करोड ९५ लाख बराबरको बिगो तथा जरिवाना गरेको थियो ।
राजस्व अनुसन्धान विभागले बिगो र जरिवाना कायम गरेपछि सन्दिप सरार्फ हाल आफ्नो ससुराली गाउँ भारत बिहारको सुगौली भन्ने स्थानमा लुकेर बसेका छन् ।
सन्दीपका भाई दुर्गे ज्वेलर्सका संचालक प्रदीप सर्राफ बेलाबखतमा पसलमा जाने आउने गर्छन् तर उनलाई प्रहरीले नचिनेका कारण पक्राउ नपरेका र प्रहरीलाई उक्त पसलमा बसेकाले झुक्याएर पठाइदिने गरेका छन् ।
यसैबीच नेपाली काँग्रेसबाट मन्त्री कानून मन्त्री बनेका अजय चौरसियामार्फत् सन्दीप सर्राफलाई आजै अदालतमा उपस्थित गराएर न्यून धरौटीमा उन्मुक्ति दिलाउने डिल भएको विश्वस्त स्रोतबाट जानकारी प्राप्त हुनआएको छ । कानुन मन्त्री अजय चौरसियालाई १७ करोड ९५ लाख राजस्व छलीमा फरार सर्राफलाई छुटाउन दबाब दिएकोबारेमा उनले भने–‘ म सन्दीप सर्राफ र प्रदीप सर्राफलाई चिन्दिनँ । नचिनेको मान्छेलाई छुटाउन कसरी लाग्नु ?’
सो मुद्दाबाट सर्राफलाई जोगाउन उनीहरूले अहिले संघीय सरकारमा प्रतिनिधित्व गर्ने पर्साका तीनै मन्त्रीहरु अजय चौरसिया, राजकुमार गुप्ता र प्रदीप यादवकहाँ मुद्दा मिलाइदिने सम्बन्धमा दौडधुप गरिरहेका छन् । स्रोतका अनुसार एक मन्त्रीलाई सो मुद्दा मिलाइदिन सर्राफले ७०–८० लाखसम्म दिन तयार रहेको तर मन्त्रीका नजिकका मान्छेले दुई करोडको डिमाण्ड गरेका कारण हालसम्म मुद्दा नमिलेको भए पनि अन्य बिचौलियामार्फत् अर्कै मन्त्रीसँग डील भएपछि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
उन्मुक्तिपछि सर्राफले वीरगंजमा रहेको आफ्नो घरजग्गा बेचेर भाग्ने तयारी पनि गरेको बताइन्छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend