Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा घाँस लिन गएका ३ बालिकाको पानीमा डुबेर मृत्यु


    सोमबार, असोज २७ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

    गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

    सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।

    तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार