काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही सामान माओवादी केन्द्रले फिर्ता ल्याएको छ । भदौ २४ गते कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा लुटपाट र आगजनी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयले विभिन्न स्थानबाट संकलन गरेका मोनिटर, सीपीयु, प्रिन्टर, फ्यान, इन्भर्टर, माओत्सेतुङका दुईवटा शालिक, झोला लगायतका सामान आइतबार माओवादी केन्द्रलाई फिर्ता दिएको हो ।
माओवादी केन्द्रले केन्द्रीय कार्यालयबाट लुटिएका सामान खोजी गर्न मातहतका कमिटीहरुलाई सर्कुलर समेत गरेको थियो । प्रहरीले पनि लुटपाटका भएका सामान फिर्ता गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि बानेश्वर प्रहरी कार्यालयमा केही सामान फिर्ता भएका थिए भने केही सामान प्रहरीले नै फेला पारेको थियो । ती सामानहरु बानेश्वर प्रहरीले जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइदिएको थियो ।
आइतबार माओवादी केन्द्रीय कार्यालयको आधिकारिक पत्र लिएर माओवादी कार्यकर्ताहरु सामान लिन जिल्ला प्रहरी परिसर पुगेका थिए ।
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा...
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका...
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend