काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै पुनस्र्थापनाका लागि अदालत जाने तयारी गरेको छ ।
आइतबार साँझ सकिएको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनस्र्थापना हुनुपर्ने माग लिएर अदालत जाने निर्णय गरेको हो ।
एक पदाधिकारीले संसद विघटन असंवैधानिक भएकाले यसलाई सच्याउन र जननिर्वाचित संस्थालाई ब्युँताउन अदालत जाने निर्णय भएको बताए ।
यस्तै, एमालेले केन्द्रीय कमिटी बैठक लगत्तैदेखि सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन थाल्ने पनि निर्णय गरेको छ ।
बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठकपछि जनपरिचालनका कार्यक्रम गर्ने जानकारी दिए । आगामी २९ देखि ३१ गतेसम्म केन्द्रिय कमिटी बैठक तय भएको छ । त्यस लगत्तै आन्दोलन गर्ने सचिवालय बैठकले निर्णय गरेको हो ।
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मीक समयमा...
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका...
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend