काठमाडौं । गएको भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने समूहबारे प्रहरीले अनुसन्धान थालेको छ । आन्दोलनका बेला बिजुलीबजार पुलमा ‘पेस्तोल’सहित देखिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसप्रति विशेष चासो देखाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली प्रहरीले प्रहार नगरेको दाबी गर्दैआएको परिप्रेक्ष्यमा टीओबी टिसर्ट लगाएका युवाले पेस्तोल बोकेको भिडियो नै सामाजिक संजालमा छ्यापछ्याप्ती भएपछि प्रहरीले तेन्जेन दावालाई पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ । स्रोतका अनुसार, भिडियो भाइरल भएपछि त्यसमा देखिएका व्यक्ति तेन्जेन दावा स्वयम् प्रहरी सम्पर्कमा पुगेको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा दावाले भिडियोमा देखिएको पेस्तोल सक्कली नभएको दाबी गरेका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए ।
त्यसपछि उनलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको बताइएको छ । भिडियोमा देखिएको वस्तु हतियारजस्तो देखिए पनि दावाले त्यो ‘डमी पेस्तोल’ भएको बताएका छन् ।
तर प्रहरीले भने भिडियोमार्फत् सामाजिक त्रास फैलाउने कार्य भएको बताउँदै थप अनुसन्धान जारी रहेको जनाएको छ । हाल भाइरल भइरहेको भिडियो पनि केही समयअघि खिचिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend