Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सूचना विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल


    आइतबार, असोज २६ २०८२
    720
    Shares
    ?????????????? ????-??????? ????????, ?? ???? : ??????? ??? ????? ?????????????? ????? ???? ?????? ????? ??? ??????? ??????? ?????? ????? ??????? ?????? ??? ???????? ??????????? ??????? ?????? ?????????? ? ?????? : ?????????? ?????/????
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ ।

    उक्त विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उनले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नु परेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिनुभयो । सञ्चार मन्त्री खरेलले भने, “यो दर्ता प्रक्रिया सम्भवत तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरुले झण्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।”

    आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मनसुनसम्बन्धी विपद् र दसै परेकाले प्रक्रियागतरुपमा मिलाउन पर्ने भएकाले केही समय लागेको जनाउँदै मन्त्री खरेलले आगामी मन्त्रिपरिषद्बाट निर्णयभएपछि राजपत्रमा प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया अघि बढने विश्वास दिलाए ।

    अरु सरकारी निकाय जस्तो ढिलासुस्तीको अनुभूति सूचना प्रविधि विभागसँग नरहेको जनाउँदै उहाँले जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले सबै सेवाग्राहीलाई विधि र प्रक्रियाको सहजीकरणमा आवश्यक सहयोग हुँदैआएको बताए ।

    मन्त्री खरेलले भने, “तपाईंहरुले गर्ने सेवा, सुविधा र व्यवहारले पत्रकार र जनतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । सीमित स्रोत, साधन र जनशक्तिकाबीचमा पनि राम्रो सेवा प्रवाह भएको छ । अनलाइन नवीकरण यहीँबाट होस् भन्ने चाहना राखेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।”

    उनले वर्तमान सरकारलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने तथा सुशासनको अनुभूत हुने गरी काम अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे। सरकारले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र मन्त्रालय मातहतका निकायमा परिणाम आउने काम अघि बढाइ आगामी दिनमा सेवा प्रवाहलाई छिटो र सरल तुल्याउने आधारशिला स्थापित गर्न हरसम्भव प्रयत्न हुने दृढता व्यक्त गरे ।

    मन्त्रालयका सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता र नवीकरण तथा पत्रकारका अन्य माग मुद्दालाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।

    विभागका महानिर्देशक उदयबहादुर रानामगरले विभागले सञ्चारकर्मीको हकहित र सहजीकरणका लागि काम गरिरहेको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार