Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेनजी आन्दोलनका क्रममा हराएको ३०३ राइफल दमकमा फेला


    आइतबार, असोज २६ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भद्रपुर। झापास्थित दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ ।

    स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

    प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

    उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाँले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार