Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक


    आइतबार, असोज २६ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ ।

    वासिङ्टन पोस्टले सार्वजनिक गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ ।

    यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो । त्यसमा विपिनको अवस्था अज्ञात भनिएको थियो । तर वासिङ्टन पोस्टले सार्वजनिक गरेको २२ जना बन्धकहरूको सूचीमा विपिन पनि जीवित रहेको विश्वास गरिएको छ ।

    गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भएपछि बन्धकहरूलाई आइतबार र सोमबारसम्ममा रिहा गर्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार