Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज यी ६ सडक पूर्ण रुपमा अबरुद्ध


    शुक्रबार, असोज २४ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोला सडक र मकालु गाउँपालिका-३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ।

    मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका-२ नावाखोला सडक पनि बन्द छ ।

    यता बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्ण रुपमा बन्द भएका छन् । पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ मा तीन स्थानमा सडक बन्छ छ ।

    बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा सडक पूर्णरुपमा बन्द छ । यी ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो । खुलाउने काम जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार