Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • माइतीघरबाट निकोलस भुसालसहित थप दुईजना पक्राउ


    बिहिबार, असोज २३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् ।

    उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार