Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको पदाधिकारी बैठक बस्दै, देउवा सहभागी नहुने


    बिहिबार, असोज २३ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा आज पार्टी पदाधिकारी बैठक बस्दैछ । ललितपुरको एक होटलमा आज दिउँसो १ बजे र्बैठक बस्ने भएको हो । बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

    २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन् ।

    आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन ९भदौ २४ गते० देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।

    आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर, उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार