Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एकलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा


    बुधबार, असोज २२ २०८२
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुप ९सिजी० ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ ।

    सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट यस्तो घोषणा गरेका हुन् ।

    भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ६ दर्जन बढीले सहादत प्राप्त गरेका थिए ।

    जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने छौँ,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिने छौँ, पुनर्निर्माण गर्ने छौँ, आशा, सहानुभूति र सम्मान सहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौँ ।’

    प्रबन्ध निर्देशक चौधरीका अनुसार रोजगारी प्रक्रियाका लागि सिजी टिमले सम्पूर्ण शहीद परिवारलाई सम्पर्क गरिरहेको छ । यसका लागि सीजीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सकिने छ ।

    प्रबन्ध निर्देशक चौधरीले यस्तो घोषणा गरे पनि जेनजी आन्दोलन क्रममा निजी क्षेत्रतर्फ सीजीमा पनि अधिक क्षति पुर्‍याइएको थियो ।

    जेनजी आन्दोलनका कारण सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार