Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन र सुदनविरुद्ध देशैभरि जाहेरी दिने अखिलको तयारी


    बुधबार, असोज २२ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ ।

    जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।

    सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएकाले आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको अखिलको दाबी छ ।

    यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दर्ता भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार