Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साइबर ब्युरोले लियो महेश बस्नेतको बयान


    बुधबार, असोज २२ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् ।

    बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले बतायो ।

    बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

    सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका हुन् । उनको बयानको काम भइरहेको स्रोतले जनायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार