Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?


    बुधबार, असोज २२ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

    दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश छन् ।

    झाका अनुसार, यो बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्नेछ । त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे बैठकमा छलफल हुनेछ ।

    बैठकमा सद्भाव यात्राको कार्यसूचीसँगै बाँकी विविध विषयमा छलफल गरिने झाले जानकारी दिए ।

    यसअघि ७ असोजमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बिस्तारित बैठकको विषयमा निर्णय गरेको थियो । साथै, त्यसबेला आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउने भनेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनाएको छ ।

    आजको बैठकमा चुनावको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार