Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढी र पहिरोका कारण आज यी राजमार्ग छन् अवरुद्ध


    मंगलबार, असोज २१ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अझै अवरुद्ध छन् ।

    मंगलवार नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार कोशी र बागमती प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

    कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवा र भोटखोला गाउँपालिका-४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

    त्यस्तै, बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपाल थोक खण्डमा पहिरोका कारण आवतजावत अवरुद्ध रहेको छ ।

    बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण अवरुद्ध भएको छ। पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ स्थित घट्टे खोला र रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार