Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चसहित देशभरका अदालत आजदेखि खुल्ने


    मंगलबार, असोज २१ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतसहित देशभरका अदालतहरू दसैँ बिदापछि आज खुल्दै छन्। घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू कोजाग्रत पूर्णिमाको भोलिपल्ट खुल्न लागेका हुन्।

    जेनजी प्रदर्शनमा तोडफोड र आगजनीको सिकार बनेको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतले सीमित सेवा दिने भएको छ।

    गत भदौ २३/२४ मा भएको आन्दोलनका कारण आगजनी र तोडफोडका कारण स अदालतको भवनमा ठूलो क्षति पुगेको छ। उक्त क्षति र यसपछि पनि आउन सक्ने सुरक्षा चुनौती समेतलाई मध्यनजर गरी सीमित सेवा दिने गरी आजबाट अदालत खोल्न लागिएको स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।

    यस अदालतको सेवाप्रवाह तत्काल संकुचित रूपमा गर्नुपर्ने भएकाले सरोकारवाला तथा स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी थप निर्णय नहुँदासम्म बार-बेन्च बैठकको असोज ५ को निर्णयानुसार आज २१ गतेदेखि निश्चित सेवा सुचारु हुने उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार