Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवरुद्ध कटारी घुर्मी सडक खुल्यो   


    मंगलबार, असोज २१ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गाईघाट (उदयपुर)  । अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ ।

    गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो ।

    सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएकोे इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिनुभयो । उहाँले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उहाँले बताउनुभयो ।   (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार